संगालोखबर


सङ्खुवासभा । माछा मार्ने क्रममा करेन्ट लागेर सङ्खुवासभाको चिचिलामा एक युवकको मृत्यु भएको छ । माछा मार्न करेन्ट लगाउने क्रममा उनी आफैँलाई करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार करेन्ट लागेर चिचिला गाउँपालिका–२ ज्यामिरेका २४ वर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो । ब्याट्री प्रयोग गरी स्थानीय कागुवा खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

शेर्पाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!