संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । ओखलढुंगामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका ५६ वर्षीय पदमबहादुर बस्नेतको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

चिशंखुगढी–८ मा पर्ने रमिते भीर नजिक खानेपानीको पाइप मर्मत गर्ने क्रममा लडेर बस्नेतको हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकृत प्रहरी निरीक्षक बालिस्टर सिंहले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

भीरबाट करिब पाँच सय मिटर तल खसेका बस्नेतको टाउकोमा गम्भीर चोट लागेको थियो । शरीरका अन्य भागमा पनि चोट लागेका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव रुम्जाटारस्थित अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहले जनाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!