संगालोखबर


धनगढी । भारतमा स्वास्थ्य उपचार गरेर फर्कँदै गर्दा कैलालीमा भएको दुर्घटनामा एक युवतीले ज्यान गुमाएकी छन् । उनी चढेको एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो । गम्भीर घाइते बन्न पुगेकी बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो ।

बर्दिया प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा बिहान भारतीय युके–०४–पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

Advertisement

परियार आफूमा स्वास्थ्य समस्या भएपछि उपचारका लागि भारतको हल्द्वानीस्थित अस्पतालमा आफन्तसहित गएकी थिइन् । उपचार सकेर फर्कने क्रममा एम्बुलेन्स दुर्घटना भएको थियो । गम्भीर घाइते भएकी उनको स्थानीय अस्पतालमा उपचार गर्दागर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा रहेका अरु ५ जना व्यक्ति भने सकुशल छन् । एम्बुलेन्स चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!