संगालोखबर


विराटनगर । ठूलो परिमाण गाँजासहित धनकुटाका एक युवक विराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ मा २५० किलो गाँजासहित उनी पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गएराति करिब ११ बजेतिर धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवश राईलाई पक्राउ गरिएको हो ।

Advertisement

केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको भ्यानमा राखिएको उक्त परिमाणको गाँजासहित राईलाई पक्राउ गरिएको बस्नेतले संगालोखबरलाई जानकारी दिए ।

उक्त गाँजा भारत लैजाने प्रयासमा रहेका राईलाई इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले फेला पारेको थियो । विशेष सूचनाका आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी गरेको थियो ।

त्यस क्रममा बोरामा हालिएको अवस्थामा पिकअपमा लोड गरिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । हाल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेका राईविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाइने डीएसपी बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!