संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापा, सुनसरी र धनकुटाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित १० जना पक्राउ परेका छन् । बुधबार चेकजाँच क्रममा प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-७ बस्ने प्रकाश सहनी र राहुल राजवंशी ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै बिर्तामोड नगरपालिका-१ का २९ वर्षीय मनकुमार राई र २६ वर्षीया रेखा थापा ९५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

धनकुटाको हिलेबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरीको बराहक्षेत्र नगरपालिका-२ का मनिष अधिकारी र अजय साह तथा भोजपुरका सन्तोष खड्का र पवन रोका छन् ।

सुनसरीको अस्थायी प्रहरी पोस्ट सखुवागाछीले ९४० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा इनरुवा नगरपालिका-५ का अर्जुन चौधरी र धनकुटाको साँगुरीगढी गाउँपालिका९ का प्रबिन राई छन् ।

उनीहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!