छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ
संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरुण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेका छन् । अन्तिम विन्दुमा ‘ब्रेक थ्रु’ गरिएसँगै ११.८३ किलोमिटर लम्बाइको सुरुङ छिचोलिएको छ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गरिएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको व...






























