संगालोखबर

विराटनगर । विराटनगरको बाल सुधारगृहबाट दुईजना बालक फरार भएका छन् । फरक फरक मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका उनीहरू मङ्गलबार दिउँसो फरार भएका हुन् ।

Advertisement

विराटनगर–३ स्थित बाल सुधारगृहमा राखिएका उनीहरू सुनसरीका हुन् । सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुनसरीको कोशी गाउँपालिका–२ घर भएका बालकलाई अदालतले कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर गरिसकेको छ । 

यस्तै, बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबरजस्ती करणी मुद्दामा अदालतले असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो । उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

चौहानका अनुसार सुधार गृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर उनीहरु फरार भएका थिए । सुधारगृहमा दीपज्योति माध्यमिक विद्यालय छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सबैतिर समन्वय गरेर फरार भएकाको खोजी तीव्र पारिएको जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!