ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइएको छ । आज उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो ।
झडपमा गम्भीर घाइते भएका धर्म पालुङ्वा, सगुन लावती र यामबहादुर लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अन...






























