सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रहमाथि धनकुटामा चार्चा–परिचर्चा गरिएको छ । मिसन पोएट्रीको आयोजनामा कवि प्रेम प्रकाशको कविता संग्रह ‘रगतको तर्पण’ माथि चर्चा-परिचर्चा गरीएको हो ।

धनकुटाका कवि तथा अग्रज व्यक्तिहरूले कविता संग्रहमाथि चर्चा-परिचर्चा गरेका थिए । वक्ताहरू कवि मुकुन्द प्रयास, के.जी. सुब्बा र सावित्रा राईले कविता संग्रहका बारेमा आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए ।

Advertisement

सङ्ग्रह भित्र भएका कवितामा कविले उठाउन खोजेको विषय वस्तु र भौगोलिक अवस्था लगायतका बारेमा चर्चा गरिएको थियो । नयाँ पन र फरक स्वादको कृति पूर्वले पढ्न पाएको बताउँदै वक्ताहरूले अदृश्य तरिकाले पढिरहेको, सुनिरहेको रोल्पालाई केही हदसम्म बुझ्न पाएको बताए ।

यस कृतिको सबैभन्दा सुन्दर र बकवास पक्ष के छ ? उत्तम लिम्बुको अन्तिम प्रश्नको जवाफ दिँदै सबै वक्ताहरूले कृति पढ्न लायक र पढ्नै पर्ने सुचीमा रहेको उल्लेख गरे ।

कार्यक्रमको सहजिकरण कवि उत्तम लिम्बूले गरेका थिए । पूर्वी क्षेत्रमा रहेका र पश्चिम रोल्पा पुग्न नसकेकाहरूलाई अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले धनकुटामा कार्यक्रम गरिएको कवि प्रेमप्रकाशले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!