संगालोखबर


विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौँ तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

गत असोज ४ गते कोशी प्रदेशको पाँचौँ अधिवेशन अन्त्य भएको थियो । आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ ।

Advertisement

सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची रहेको जनाइएको छ । मुख्य न्यायाधिवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबल हुनेछ ।

यसैगरी दलका शीर्ष नेताहरूले आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!