संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । कटारी नगरपालिका-१ नौडाँडा स्थित सिद्धिचरण लोकमार्गमा मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २-०१-००३ प १३०४ नम्बर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कटारी-७ का २३ वर्षीय रविन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार सिरहाको धनगढीमाई नगरपालिका-१४ का २३ वर्षीय किरण तामाङ गम्भीर घाइते भएका छन् ।

Advertisement

उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सडकबाट कल्भर्टमा खसेको मोटरसाइकल पूर्ण रूपमा क्षति भएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!