
विराटनगर । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट तीनवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागी लगभग नियन्त्रणमा आइसकेको हलेसी तुवाचुङ गाउँपालिकाका प्रमुख विमला राईले जानकारी दिइन् ।
‘तीनवटा घर पूर्ण रूपमा नष्ट भएका छन्’, राईले संगालोखबरसँग भनिन्, ‘हार्डवेयर पसल नष्ट भयो । मानवीय क्षति भएको छैन । अन्य क्षतिको विवरण आउन बाँकी छ ।’