संगालोखबर


विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । ६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका पाएर दोस्रो भएको हो ।

आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे-नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायत पर्छन् ।

Advertisement

भरतपुर महानगर ७६ दशमलव २ प्रतिशत अङ्क ल्याएर पहिलो हुँदा वीरगञ्ज ४३ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरेर छैटौँ अर्थात् अन्तिम भएको छ । तेस्रो हुने ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, चौथो हुने काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत र पाँचौँ हुने पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर दोस्रो हुनु महानगरका लागि खुसी र गौरवको क्षण भएको मेयर नागेश कोइरालाले बताए । अब विराटनगरलाई पहिलो बनाउने लक्ष्य रहेको उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । यसका लागि सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।विराटनगर बेरुजु फछ्र्यौटमा पनि उत्कृष्ट हुँदै गएको छ । गत आर्थिक वर्ष मोरङका १७ पालिकामध्ये विराटनगर सबैभन्दा कम बेरुजु कामय भएको महानगर भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!