संगालोखबर


विराटनगर । मोरङका १७ वटा स्थानीय तहमध्ये विराटनगर महानगरपालिका कार्यसम्पादनमा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा गरेको मूल्याङ्कनमा विराटनगर अगाडि देखिएको हो ।

विराटनगर महानगरपालिका ७३.५ अङ्क ल्याएर पहिलो भएको छ । लेटाङ नगरपालिका ५७.८ अङ्क ल्याएर दोस्रो हुँदा सुन्दरहरैँचा नगरपालिका ५५.६ अङ्क ल्याएर तेस्रो भएको छ । बुढीगंगा गाउँपालिकाले ५४.६, केराबारी गाउँपालिकाले ५३.७, बेलबारी नगरपालिकाले ५१.०, सुनवर्षी नगरपालिकाले ५०.५ र मिक्लाजुङ गाउँपालिकाले ४९.१ अङ्क पाएका छन् ।

Advertisement

यसैगरी उर्लाबारी नगरपालिकाले ४८.९, कटहरी गाउँपालिकाले ४८.८, ग्रामथान गाउँपालिकाले ४७.९, रतुवामाई नगरपालिकाले ४६.७ र रंगेली नगरपालिकाले ४३.६ अङ्क पाएका छन् । जहदा गाउँपालिकाले ४२.१, पथरी शनिश्चरे नगरपालिकाले ४१.६, कानेपोखरी गाउँपालिकाले ३८.४ अङ्क पाउँदा धनपालथान गाउापालिकाले सबैभन्दा कम ३२.९ अङ्क पाएको छ ।

ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायत पर्छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!