संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानीमा रहेको श्री आधारभुत विद्यालयका विद्यार्थीहरूलाई कपडा तथा खाद्यान्न वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसन धनकुटाले आज खाद्यान्न तथा कपडा वितरण गरेको हो ।

उक्त विद्यालयमा बौद्धिक अपाङ्गता तथा सुस्त मनस्थिति भएका ३५ जना विद्यार्थीहरू अध्ययनरत छन् । समय-समयमा विभिन्न दाताहरूले विद्यालयमा सहयोग गर्दै आएका छन् ।

Advertisement

विद्यार्थीहरूलाई २० थान तन्ना, बिस्कुट, फ्रुटी लगायतका सामग्री वितरण गरिएको एसोसिएसनका अध्यक्ष राजु घिमिरेले जानकारी दिए । उपाध्यक्ष डिबी तामाङ, सचिव मकरबहादुर मगर र सदस्य मानबहादुर मगरसहितले सामग्री हस्तान्तरण गरेका थिए ।

विद्यालयमा धनकुटासहित तेह्रथुम, भोजपुर, सुनसरी, मोरङलगायत जिल्लाका ३५ जना छात्र तथा छात्रा अध्ययनरत रहेका शिक्षक हेमराज खनालले जानकारी दिए । विद्यालयमा पर्याप्त श्रोत नहुँदा समस्या हुनेगरेको प्रधानाध्यापक विनोद सुवेदीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!