धनकुटामा ६ करोड खर्चेर बनाइयो निजामति विद्यालयको भवन, सांसद राईले गरे उद्घाटन
धनकुटा । धनकुटामा ६ करोडको लागतमा निजामति आवासिय विद्यालयको भवन निर्माण गरिएको छ । ६ करोड १८ लाख ४५ हजार रुपैयाँको लागतमा धनकुटा–७ स्थित चुलिवनमा विद्यालयको तीन तले भवन निर्माण गरिएको हो ।
प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले एक कार्यक्रमकाबीच ताम्रापत्रको पर्दा उघारेर विद्यालय भवन उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले धनकुटा र डोटीमा मात्र निजामति विद्यालय रहेको जानकारी दिदैं निज...






























