संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेस्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

शनिबार दिउसो १२ बजे चैनपुरबाट खाँदबारीतर्फ आउदै गरेको को २ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७ मिटर तल खसेको हो । दुर्घटनामा परी संखुवासभाको चैनपुर–३ पोखरीका ट्याक्टर मालिक हेमन्त राईको मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा ट्याक्टर चालक संखुवासभाको चैनपुर–३ पोखरीका २४ बर्षीय बिनाहाँङ लिम्बु र ट्याक्टर मालिक राई घाईते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको थियो ।

उपचारका क्रममा दिउँसो करिब साढे १ बजे राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!