संगालोखबर सम्बाददाता
फाईल तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका–७ मा बस्दै आएका गौर बहादुर मगरका ५ बर्षीय छोरा निस्पल छन् ।

बिहीवार साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुबिरहेको अवस्था बालकलाई उनकी आमाले फेला पारेकी थिइन् ।

Advertisement

बालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!