सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित विश्रान्ती मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शारदाप्रशाद मिश्र निर्वाचित भएका छन् । शनिबार सम्पन्न समितिको १४ औं अधिवेशनले मिश्रको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा शंकर दाहाल, महासचिवमा जनार्दन घिमिरे, सचिवमा पुष्कर प्रसाद जोशी र कोषाध्यक्षमा विकास प्रधान चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा लिलानाथ मिश्र, सीता श्रेष्ठ, दिनेश श्रेष्ठ, रमला श्रेष्ठ, बद्रीनाथ अधिकारी, राजेन्द्र प्रधान, सुवास जोशी, राजकुमारी चेम्जोङ, प्रभा श्रेष्ठ, पद्मप्रसाद काफ्ले र नारायण प्रसाद पौडेल चयन भएका छन् । त्यस्तै, व्यवस्थापकमा सुदर्शन घिमिरे र उपसमितिको संयोजकमा दोर्णप्रसाद गुरागाईं चयन भएका छन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले विश्रान्ति बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाबाट पालनपोषणका लागि एक जना कर्मचारी, ओैषधी उपचार र आवश्यक सहयोग गर्दै आएको जानकारी गराए ।

२०४० सालमा स्थापना भएको सो मन्दिरको व्यवस्थापन समितिले विश्रान्ती वृद्धाश्रम सञ्चालन गर्दै आएको छ । आश्रममा ३७ जना बृद्धाबृद्धा आश्रीत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!