- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाडाबजारका जनकसिंह लिम्बूले गाउँमा डबलसिंह स्मृति गोल्डकप सञ्चालनका लागि नौं लाखको अक्षयकोष स्थापना गरिदिएका छन् । चौविसे गाउँपालिका–६ राजारानीस्थित हात्तीटार स्पोट्र्स क्लवको स्वमित्वमा रहने गरी लिम्बूले ‘जय दगलसेन लिम्बु योगिन स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।

Advertisement

अक्षयकोष स्थापना गर्ने लिम्बू झापाको दमकमा बस्दै आएका छन् । उनले आफ्ना स्वर्गिय माता जयलक्ष्मी र पिता दगलसेनको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन् । साँगुरीगढी–५ डाडाबजारस्थित हात्तीटार खेलमैदान उद्घाटन तथा दाता सम्मान कार्यक्रमको अवसर पारेर हात्तीटार स्पोर्ट क्लबका अध्यक्ष रत्न राईलाई लिम्बुले नौं लाखको चेक हस्तान्तण गरे । सामाजिक र राजनीतिक क्षेत्रमा आफ्ना पिताले पुर्याएको योगदानको सम्मानमा अक्षयकोष स्थापना गरेको लिम्बूले बताए ।

यो अक्षयकोषमा आफ्ना छोराछोरीलाई पनि रकम थप्न लगाएर अक्षयकोषको रकम १८ लाख पुर्याइने उनले जानकारी दिए । उक्त कोषबाट आएको ब्याज खेलकुद प्रतियोगिता सञ्चालनसँगै खेलक्षेत्र र खेलाडीहरुको प्रोत्साहनमा खर्च गरिने बताइएको छ ।

यसैबीच, अक्षयकोष स्थापना गरेर सहयोग पुर्याएको भन्दै हात्तीटार स्पोर्ट क्लबले जनकसिंह र उनकी धर्मपत्नी चन्द्रकुमारीलाई सम्मान गरेको छ । कार्यक्रममा चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राई र क्लवका अध्यक्ष रत्न राईले लिम्बू दम्पतीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मानित गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!