संखुवासभामा पहिरोबाट विस्थापित २५ परिवारलाई जग्गा प्रदान
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।
गत २०७७ साल असार २७ गते राति बेसिन्दामा पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए । पहिरोबाट ...































