संगालोखबर सम्बाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

Advertisement

शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १३२ जनाको भिडियो एक्सरे, ११४ जनाको रक्त परीक्षण र ९७ जनाको ईसीजी गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका ३२ जनाको दाँत खोलिएको छ ।

नोबेलले ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामी लाभान्वित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!