संगालोखबर सम्वाददाता

धनकुटा । प्रगतिशील लेखक संघ धनकुटाको अध्यक्षमा पुनः रमेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

Advertisement

पत्रकार तथा लेखक अधिकारीले दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व पाएका हुन् । समितिको उपाध्यक्षमा अनिल सुवेदी, सचिवमा माया राउत र कोषाध्यक्षमा ईश्वर थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा रेनु पौड्याल, ध्रुव एलेक्स पौडेल, बिनु चेम्जोङ, सन्तोष सुवेदी र अशोक किराँत चयन भएका छन् । समितिको सल्लाहकारहरुमा डा.यज्ञप्रसाद गुरागाईं, तीलकप्रसाद राई, मुकुन्द प्रयास, जेवी घले र मीनप्रसाद अधिकारीलाई चयन गरिएको छ ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष एवं साहित्यकार मुकुन्द प्रयास, नेकपा माओवादी केन्द्रका नेता तिलक राई, उपप्राध्यापक मीनप्रसाद अधिकारी, प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल, पत्रकार महासंघका सचिव हरीबहादुर लम्जेल लगायतले अविर लगाएर बधाई तथा शुभकामना दिएका छन् । नेपाल बुद्धिजीवि परिषद्का अध्यक्ष डा.यज्ञप्रसाद गुरागाईको प्रमुख आतित्थ्यतामा भएको अधिवेशनमा साहित्यकार, लेखक तथा पत्रकार उपस्थित थिए । कार्यक्रमका प्रमुख अतिथि डा.गुरागाईले कलमजीविहरु परिवर्तनका वाहक रहेको बताए ।

उद्घाटन सत्रमा प्रगतिशील प्राध्यापक संगठनका धनकुटा क्याम्पस ईकाइ अध्यक्ष शेषराज अधिकारी, पत्रकार महासंघ प्रदेश नं.१ का उपाध्यक्ष हिमा चेम्जोङ, महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, नेकपा माओवादी केन्द्रका नेता तिलकप्रसाद राई, निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठ, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष एवं साहित्यकार मुकुन्द प्रयास, उपप्राध्यापक मीनप्रसाद अधिकारी लगायतले मन्तब्यमार्फत अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!