- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरमा विराट राजवंशी महोत्सव सुरु भएको छ । विराट राजवंशी समुदायको भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्धेश्यले विराट राजवंशी प्रगतिशील विकास समाज समितिले महोत्सव आयोजना गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महोत्सव उद्घाटन गरेका छन् । राजवंशी समुदायको पहिरन धोती र पगडी लगाई गम्छा ओढेर पुगेका मेयर पराजुलीले रीबन काटेर महोत्सव उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै मेयर पराजुलीले राजवंशीहरु तराईको भूमिपुत्र भएको उल्लेख गर्दै यस्ता महोत्सवले राजवंशी समुदायको भेषभुषा, कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तराईका भूमिपुत्र राजवंशी समुदायलाई आदिवासी जनजातिमा सूचिकृति गरिनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका–५ स्थित त्रिमूर्ति चौक नजिक सुरु भएको महोत्सव चैत १५ गतेसम्म सञ्चालन हुँने आयोजकले जनाएको छ । महोत्सवमा ६० वटा स्टल राखिएका छन् । विराट राजवंशीहरुको मौलिक पहिरन, खानेकुरा, रोटेपिङ्ग तथा वालवालिका एवं युवापुस्ताका लागि विभिन्न खेलहरु महोत्सवको आकर्षणको रुपमा छन् ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा हुँने साँस्कृतिक कार्यक्रम पनि महोत्सवको आकर्षणको रुपमा रहने छ । महोत्सवमा गायक प्रमोद खरेल, शिव परियार, प्रकास सपुत, गायिका मेलना राई, ज्योति मगर लगायतले सांस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!