- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा साँगुरीगढी–७ की १९ बर्षीया श्रेया राई छन् ।

Advertisement

गएराती करिव ९ बजे साँगुरीगढी किल्ला नजिक गोलखाडी–भेडेटार भित्री कच्ची सडक खण्डमा भेडेटारबाट गोलखाडीतर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो दुर्घटना भएको थियो । दुर्घटना  हुँदा सुमोमा सवार रहेकी राई गंभीर घाइते भएकी थिइन् । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा रातीनै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुमो र चालक धनकुटा नगरपालिका–२ का ४१ बर्षीय सत्यलाल राईलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।  ब्रेक फेल भएर सुमो दुर्घटना भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!