फायल तस्वीर

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ६८ वर्षीया शिवमाया मगर छन् ।

आइतवार दिउँसो भएको आगलागीबाट घटनास्थलमै मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट अचानक आगलागी हुँदा उनकी आमा शिवमायाको मृत्यु भएको हो । आगलागीबाट पदमबहादुर ग्राङ्जा मगर, भैरबबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, ओमबहादुर ग्राङ्जा मगर र शेरबहादुर ग्राङ्जा मगरको घर, गोठ जलेर नष्ट भएका छन् ।

Advertisement

आगलागीबाट घरसँगै दर्जनौं खसी, बोका, सँगुर, कुखुरासमेत जलेका छन् भने घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेका नष्ट भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!