- संगालोखबर सम्बाददाता

झापा । झापाको मेचिनगर नगरपालिका–१० बाट लागुऔषधसहित आमा–छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४५ बर्षीया मैनी खातुन र उनका छोरा २५ बर्षीय मेबुव आलम छन् ।

Advertisement

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले खातुनको घरमा चेकजाँच गर्ने क्रममा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, १ थान डिजिटल तराजु र ९ हजार ५ सय ६० रुपैयाँ नगद बरामद गरेको हो । त्यस्तै बिभिन्न कम्पनीका ९ वटा मोबाईल पनि बरामद भएको छ ।

पक्राउ परेका दुबै जनाको विषयमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!