संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनीस्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालकसहित १३ घाइते छन् । मृत्यु हुँनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ का ५४ बर्षीय खेम बहादुर कार्की छन् ।

शनिवार दिउँसो ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको थियो । काठमाडौंको वीर अस्पतालमा उपचारकै क्रममा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तै दुर्घटनामा घाइते भएका ओखलढुंगाको मोलुङ–२ का २४ बर्षीय एकराज दाहाल र ३० बर्षीया पार्वता पोखरेलको विराटनगरस्थित नोबल अस्पतालमा उपचार भईरहेको छ भने अन्य १० जना घाइते कटारी अस्पतालमा उपचार गराएर घर फर्किएका छन् ।

चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ का २४ बर्षीय सञ्जिव घिमिरेलाई सामान्य उपचार गराएपछि इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!