संगालोखबर सम्बाददाता
तस्बीर सौजन्यः कृष्ण दाहाल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुर बजार नजिक मालबाहक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । काठ लिएर जितपुरबाट सिधुवातर्फ जाँदै गरेको को १ ख ७४६५ नम्बरको ट्रक आज राती करिब ८ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का ४८ बर्षीय डम्बर बहादुर गुरुङ्ग र सोही स्थानका ३० बर्षीय चन्द्रबहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइते दुवै जना काठ लोड गर्ने कामदार हुन् ।

Advertisement

स्थानीय स्वास्थ्य सस्थामा उनीहरुको उपचार भइरहेको छ । ब्रेक फेल भएर ट्रक पल्टिएको प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!