विराटनगर । ड्रोनको माध्यमबाट विराटनगर महानगरपालिकामा रहेका घरको विवरण संकलन गर्ने कार्य आजदेखि सुरु गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे ।

Advertisement

डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्रमुख विवेक सिंहले ग्लोवल पोजिशन सिष्टम (जिपिएस)द्वारा नगरका १० फिटभित्रको क्षेत्रफलमा रहेका घरको विवरण संकलन गर्नाका साथै घर जग्गाको डिजिटल तस्वीरबाट नाप, नक्सा लिन सकिने भएकाले सार्वजनिक सेवा पबाहमा उल्लेखनीय सुधार ल्याउने जानकारी दिए ।

उनले १७ लाखको लगानीमा आगामी असार मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्न दैनिक नौ कर्मचारीमार्फत प्रत्येक दिन दुई वटा ड्रोनबाट नाप, नक्सा संकलन गरिने बताए । ड्रोनको माध्यमबाट संकलन गरिने विवरण गुगलमार्फत अन्तराष्ट्रिय क्षेत्रबाट पनि जानकारी लिन सकिने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!