भेडेटारमा बस र टेम्पु जुध्दा एक जनाको मृत्यु
धनकुटा । भेडेटार नजिक आज बिहान बस र टेम्पु जुध्दा टेम्पु चालकको मृत्यु भएको छ । एक जना घाइते छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ ख ४४८० नम्बरको बस र विपरित दिसाबाट जाँदै गरेको को २ ह ७०४१ नम्बरको टेम्पु बिहान करिब ७ बजे धरान–४ स्थित देवीथानमा जुधेका हुन् ।
दुर्घटनामा परी टेम्पु चालक बराहक्षेत्र घर भई धरान–१७ बस्ने खड्गबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्र...






























