सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । भूतपूर्व सैनिक परिवार धनकुटाको अध्यक्षमा धनबहादुर खड्का निर्वाचित भएका छन् । भूतपूर्व सैनिकको शनिबार सम्पन्न छैठौं साधारण सभा तथा दोस्रो अधिवेशनले खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

Advertisement

समितिको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार राई, उपाध्यक्षहरुमा जगतवहादुर श्रेष्ठ र होमप्रसाद अधिकारी, सचिवमा लोकबहादुर लिम्बू, सह–सचिवमा विरवहादुर थापा, कोषाध्यक्षमा सरोजकुमार जोशी र सह–कोषाध्यक्षमा हर्कवहादुर राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

समितिको सदस्यहरुमा खड्कबहादुर लिम्बु, मानवहादुर वि.क., ढलवहादुर श्रेष्ठ, गोविन्द थापा, सुरेन्द्र राई, लिलम थापा, पृथराम राई, भक्तवहादुर राई र खिरबहादुर कार्की चयन भएका छन् । त्यस्तै सल्लाहकारमा पूर्व अध्यक्ष तिलकसिंह लिम्बु र कुमार तामाङ्ग चयन भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!