- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा ६ करोडको लागतमा निजामति आवासिय विद्यालयको भवन निर्माण गरिएको छ । ६ करोड १८ लाख ४५ हजार रुपैयाँको लागतमा धनकुटा–७ स्थित चुलिवनमा विद्यालयको तीन तले भवन निर्माण गरिएको हो ।

Advertisement

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले एक कार्यक्रमकाबीच ताम्रापत्रको पर्दा उघारेर विद्यालय भवन उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै सांसद राईले धनकुटा र डोटीमा मात्र निजामति विद्यालय रहेको जानकारी दिदैं निजामति विद्यालयलाई महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा उल्लेख गरे । केपी शर्मा ओली प्रधानमन्त्री र युवराज खतिवडा अर्थ मन्त्री हुँदा यो विद्यालय निर्माणका लागि आफुले बजेट ल्याउँन पहल गरेको भन्दै उनले आगामी दिनमा पनि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, अभिभावकका तर्फबाट पत्रकार सन्तवीर लामा, गोकुण्डेश्वर वालमन्दिर माविका प्रद्यानाध्यापक दामोदर मिश्र, शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाका निमित्त प्रमुख देवीप्रसाद सुवेदी लगायतले मन्तब्यमार्फत विद्यालयलाई सफलताको शुभकामना दिए ।

यसैबीच, विद्यालय भवन निर्माण गर्न पहल, सहयोग तथा योगदान पुर्याएको भन्दै सोही कार्यक्रममा प्रतिनिधि सभा सदस्य राई र उनका स्वकीय सचिव महेन्द्र गिरीलाई सम्मान गरिएको छ । विद्यालयका प्रधानाध्यापक सुरेश काफ्ले र प्रमुख जिल्ला अधिकारी कटेलले सम्मानपत्र प्रदान गरी दोसल्ला र अविर लगाएर राई र गिरीलाई सम्मान गरे ।

नेपाल ट्रस्टको १३४ रोपनी क्षेत्रफलको जग्गामा बार्षिक २० लाख भाडा तिरेर सो विद्यालय सञ्चालन गरिदै आएको छ । अहिले विद्यालयको नयाँ भवन बनाइएको हो । नव निर्मित भवनमा १६ वटा कक्षाकोठासहित २२ कोठा छन् । भवनमा एउटा स्टाफ कोठा, एउटा मिटिङ हल, दुई वटा हल र अन्य दुई वटा कोठा पनि छन् । जम्मा ७ वटा भवन छन् ।

दुई सय भन्दा बढी विद्यार्थी अध्ययनरत सो विद्यालयमा २२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । अहिले कक्षा १० सम्म पढाई हुँने सो विद्यालयमा अब कक्षा ११ र १२ पनि पढाउँने योजना रहेको प्रधानाध्यापक काफ्लेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!