संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनकुटाको अध्यक्षमा प्रविण पोख्रेल निर्वाचित भएका छन् । धनकुटा बजारमा आज सम्पन्न बृहत युवा भेलाले पोख्रेलको अध्यक्षतामा १७१ सदस्यीय युवा संघ जिल्ला कमिटी निर्माण गरेको हो ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा सन्देश आठपहरिया, सचिवमा कमल कार्की, सह–सचिवमा सुरेश तामाङ्ग र धिरज तामाङ्ग तथा कोषाध्यक्षमा दिपेश चेम्जोङ्ग लिम्बू चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सागर तितुङ्ग, मोहन लिम्बु, बसन्त राई, पार्वती रसाइली, उत्सव छाराहाङ्ग, हरी काफ्ले, हिक्मत विक, सञ्जिव तितुङ, राजेन्द्र थापा लगायत चयन भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!