प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्दै
विराटनगर । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेपछि प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा सर्वदलीय बैठक बस्न लागेको हो ।
सर्वदलीय बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने जनाइएको छ । प्रदेश सभाबाट प्रदेशको नाम टुंग्याउँन अहिले अन्तिम तयारी भइरहेको छ । प्रदेशको नाम जातीय पहिचान वा साझा पहिचानका आधारमा राख्ने बिषय अहिले चर्चामा छ ।
...






























