संगालोखबर सम्वाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित आज दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकथुम–१ का २७ बर्षीय प्रकाश गुरुङ र पाँचथरको फिदिम नगरपालिका–८ का २१ बर्षीय लक्षुमान तामाङ छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट साथबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ गरेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!