- संगालोखबर सम्बाददाता

सुनसरी । भन्सार छलेर ल्याइएको ३० लाख रुपैयाँ बराबरको कपडा सुनसरीको देवानगन्ज गाउँपालिकामा बरामद गरिएको छ । को १ ख २१२९ नम्बरको मिनी ट्रकमा ल्याउँदै गरेको अवस्थामा कपडा बरामद गरिएको हो ।

Advertisement

१ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले गाडीसहित भन्सार छलेर ल्याउँदै गरेको कपडा नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्ने बितिक्कै मिनी ट्रकका चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बरामद भएको कपडा सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!