- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेपछि प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा सर्वदलीय बैठक बस्न लागेको हो ।

Advertisement

सर्वदलीय बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने जनाइएको छ । प्रदेश सभाबाट प्रदेशको नाम टुंग्याउँन अहिले अन्तिम तयारी भइरहेको छ । प्रदेशको नाम जातीय पहिचान वा साझा पहिचानका आधारमा राख्ने बिषय अहिले चर्चामा छ ।

एमालेले सबै प्रदेशवासीको अपनत्व हुन सक्ने र कसैलाई पनि विभेद नहुँने भएकाले ‘कोशी’ नाम राख्नुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला र नेकपा एकीकृत समाजवादीले बहुपहिचानको आधारमा नामकरण हुनु पर्ने बताएका छन् ।

कोशी, सप्तकोसी, सगरमाथा, किरात लगायत नाम अहिले चर्चामा छन् । पहिचान पक्षधरहरूले अहिले पहिचानसहितको नामकरणमा दवाव दिइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!