- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ ।

मंगलबार दिउँसो निगुरो टिप्न गएकी महिलाले अधबैंसे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार निलो-सेतो रङ्गको बुट्टे कुर्ता र रातो-कालो धर्का भएको सुरुवाल लगाएको महिलाको शव फेला परेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!