संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ स्थित रुद्रवारी नजिक आज दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, दुर्घटनापछि आगो लाग्दा जलेर कार ध्वस्त भएको छ ।

Advertisement

धरानबाट धनकुटातर्फ आउँदै गरेको बा.२ च २५७५ नम्बरको कार दिउँसो करिब ३ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार ब्रेक फेल भएर कार सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । पल्टिएको कारमा आगो लाग्दा कार जलेर ध्वस्त भएको हो ।

गाडीमा आगो लागेको खबर पाएपछि आगो निभाउँनका लागि धनकुटा नगरपालिकाको दमकल पनि घटनास्थल पुगेको थियो । कारमा चार जना सवार थिए, उनीहरु सकुशल छन् । कार पल्टिँदै गर्दा हामफालेर उनीहरुले ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

केही दिन अघि धरानबाट भेडेटारतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारमा पनि गुडिरहेका बेला आगो लागेको थियो ।

यो पनि हेर्नुहोस्…

भेडेटार नजिक गुडिरहेको कारमा आगलागी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!