तमोर नदीमा हामफालिन महिला
धनकुटा । धनकुटा नगरपालिका–९ बेलहाराबेसीस्थित तमोर नदीमा हामफालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् । स्थानीय ४५ बर्षीया पुर्णकुमारी बस्नेत बिहान करिब १०ः३० बजे नदीमा हामफालेर बेपत्ता भएकी हुन् ।
पूर्णकुमारीले नदीमा हामफाल्दै गर्दा देखेर उनकी दिदी चन्द्रकुमारीले प्रहरीलाई खबर गरेकी थिइन् । अहिले उनको खोजी भइरहेको मुलघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कपलेश्वर स्वर्णकारले जानकारी द...






























