- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित नेपाल चौक छेउबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–५ का २१ बर्षीय विष्णु ऋषिदेव र २० बर्षीय अभिषेक ऋषिदेव छन् ।

Advertisement

गएराती साढे ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साइकलमा सवार उनीहरुलाई १५ ट्याब्लेट लागुऔषध नाइट्राजेपाम–१० र ट्रामाडोल १५० क्यापसुलसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!