- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ स्थित फेदीबाट लागुऔषध गाँजासहित आइतवार पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–५ का २० बर्षीय युसन राई, सहिदभूमि–४ का २२ बर्षीय पियुष राई, १९बर्षीय सन्तोष राई, सहिदभूमि–६ का १९ बर्षीय निकेश राई र तेह्रथुमको छथर गाउँपालिका–२ आङ्दिमका ३२ बर्षीय गोबिन्द लिम्बु छन् ।

दिउँसो करिव ४ बजे ट्राफिक प्रहरीसहित प्रहरी चौकी मुलघाटबाट खटिएको टोलीले सडकमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । संखुवासभाबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ८७२० नम्बरको बस चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट १८ केजी गाँजा बरामद गरेको हो ।

Advertisement

पक्राउ परेका पाँचै जनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!