- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर–१६ स्थित हुलास चौकबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–४ का २२ बर्षीय बिसाल लिम्बू छन् ।

भारतको जोगवनीबाट नेपाल आउँदै गरेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीलाई संका लागेर लिम्बूलाई चेकजाँच गर्दा उनको साथमा लागुऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

उनको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल र नाइट्राभेट ९ ट्याब्लेट बरामद भएको छ । पक्राउ परेका लिम्बूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!