- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरका विभिन्न स्थानबाट चोरी भएका ३ वटा मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २२ बर्षीय नविन माझी, विराटनगर–८ का २५ बर्षीय मोहमद हजरत, सुनसरीको दुहवी नगरपालिका–९ का १८ बर्षीय मोहमद सलाउदिन र ३४ बर्षीय मोहमद नसुरदिन छन् ।

विराटनगरको नोबेल शिक्षण अस्पतालको कम्पाउण्ड भित्र र सोही स्थानको सामुदायिक मेडिकल हल अगाडि पार्किङ गरेर राखेको अवस्थामा ३ वटा मोटरसाइकल चोरी भएका थिए । चोरी भएका को.६ प ६८०२ नम्बरको डिस्कभर, प्रदेश १–०१–०१३ प ४५०७ नम्बरको पल्सर र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाइकलसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!