- संगालोखबर सम्वाददाता

सुनसरी । धरान उपमहानगरपालिका–४ स्थित भेडेटार मुनी कोशी राजमार्गमा गुडिरहेको कारमा आज दिउँसो आगलागी भएको छ । धरानबाट भेडेटारतर्फ जाँदै गरेको बी आर ११ यू ४०४७ नम्बरको भारतीय कारमा दिउँसो करिब १ बजे आगो लागेको हो ।

Advertisement

उकालो सडकमा जाँदै गरेको कारको इन्जिनतर्फको भागबाट अचानक आगो निस्किएर आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक गजेन्द्र रायमाझीले संगालोखबरलाई बताए । कारमा ५ जना सवार थिए । कारमा आगो लाग्न थालेपछि उनीहरुले भागेर ज्यान जोगाएका छन् ।

गुडिरहेको कारमा एक्कासी आगो दन्किएपछि केही समय सडकमा सवारी आवतजावतनै रोकिएको थियो । त्यहाँ अन्य गाडीमा सवार यात्रुहरुको भीड लागेको थियो । धरान उपमहानगरपालिकाको दमकल पुगेर आगो निभाएको छ ।

आगलागीबाट कार पूर्ण रुपमा क्षति भएको छ । आगलागीको कारण खुलेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!