- संगालोखबर सम्बाददाता

विराटनगर । १ नम्बर प्रदेशलाई ‘लिम्बुवान किराँत’ प्रदेश नामकरण गर्न माग गर्दै पहिचान पक्षधरहरुले बिहिबार विराटनगरमा प्रदर्शन गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अगुवाइमा बिभिन्न जातीय संघसस्थाहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएका हुन् ।

Advertisement

सो क्रममा मञ्चका अध्यक्ष कुमार लिङ्देनले ‘लिम्बुवान किराँत’ प्रदेश नामकरण गनुपर्ने माग गरे । उनीहरुले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । यसअघि केही दिन अघि किरात राई यायोक्खाले प्रदेश १ लाई किरात प्रदेश नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शनसहित धर्ना दिएर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

पछिल्लो समय पहिचान पक्षधरहरुले पहिचानका आधारमा प्रदेशको नामकारण गर्नुपर्ने भन्दै दवाव दिइरहेका छन् । अर्को पक्षले सबैलाई समेट्ने गरी साझा नाम राख्नुपर्ने अडान लिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!