- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको रामधुनी–२ तित्रीबन चोकस्थित पूर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङको सुन्दरहरैंचा–३ का ३२ बर्षीय डम्बर कुमार दर्जी छन् ।

आइतवार अपरान्ह करिब ४ बजे पुर्बबाट पश्चिमतर्फ जादै गरेको प्र न १– ०१–००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसाबाट आउदै गरेको को २ ह ७२९९ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

Advertisement

ठक्करबाट गम्भीर घाइते भएका अटो चालक दर्जीको इटहरीस्थित एपेक्स अस्पतालमा उपचारका क्रममा साँझ करिब ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि पिकअप र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!