- संगालोखबर सम्वाददाता

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ । भारतको कोलकातास्थित एक अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ५६ बर्षको उमेरमा रौनियारको निधन भएको हो ।

Advertisement

सुनसरीको दुहबी–५ घर भएका रौनियारलाई उपचारका लागि कोलकाता लगिएको थियो । उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । सन् १९९३ देखि उनी रेडियोलोजिस्टका रूपमा बीपीमा प्रवेश गरेका थिए । लामो समय रेडियोलोजी विभागको प्रमुख भएर काम गरेका रौनियार प्रतिष्ठानको उपकुलपति बनेका थिए ।

उपकुलपति भएकै बेला उनी भ्रष्टाचार मुद्दामा मुछिएका थिए । उनलाई गत महिना मात्र विशेष अदालतले सफाइ दिएको थियो ।

कोलकाताबाट मंगलबार नै उनको पार्थिव शरिर दुहबीस्थित घर ल्याइदैछ । दुहवीस्थित बुढी खोला किनारमा बुधबार अन्तिम संस्कार गरिने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!