- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रमा कार्यरत शिक्षकहरुलाई राजनीतिक दलमा आवद्ध नहुँन निर्देशन दिएको छ । नगर सभाको निर्णय अनुसार महालक्ष्मी नगरले शिक्षकहरुलाई दलमा आवद्ध नहुँन निर्देशन दिएको हो ।

Advertisement

गत असार २० गते बसेको महालक्ष्मी नगर सभाको नवौं बैठकले शिक्षकहरु राजनीतिक दलमा आवद्ध हुन नपाउँने निर्णय गरेको थियो । सोही बमोजिम नगरले सोमबार नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै शिक्षकहरुलाई दलमा आवद्ध नहुँन निर्देशन दिएको हो ।

‘महालक्ष्मी नगरपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण शिक्षकहरुले कुनै पनि राजनीतिक दलमा संलग्न हुन नपाउने नवौं नगर सभाको बैठकको निर्णयानुसार जानकारीका लागि अनुरोध छ,’ नगरले विद्यालयहरुमा पठाएको परिपत्रमा भनिएको छ ।

शिक्षकहरु पढाइमा भन्दा राजनीतिक गतिविधिमा बढी सक्रिय भएका कारण सामुदायीक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि यस्तो निर्णय गरिएको नगर प्रमुख ध्रुबराज रायले जानकारी दिए ।

नगरपालिकाले राजनीति र शिक्षण पेसा मध्ये एक रोज्न राजनीतिमा लागेका शिक्षकहरुलाई सुझाव दिएको छ । नगरको यो निर्णय अटेर गर्ने शिक्षकहरुलाई प्रक्रिया पुरा गरी बर्खास्त गरिने नगर प्रमुख रायले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!